विविध खबर

कक्षाकोठा अभावमा एउटै कक्षामा दुई शिक्षिकाले पाढाउँदै
निकासखबर संवाददातागुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको हो । यसरी एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन् । हामी त बाध्य भएर यसरी पढाउँदै छौँ तर, विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुने गरेको उनको भनाइ छ । दुवै कक्षाका गरी…

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो
निकासखबर संवाददाताबाग्लुङ। कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उनको भनाइ छ । ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी…

वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ
राससम्याग्दी । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बता्रए । “६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति…

वर्तमान सरकारलाई कुनै खतरा छैनः सांसद निधी
निकासखबर संवाददाताजनकपुरधाम । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई कुनैपनि प्रकारको खतरा नरहेको जनाएका छन् । जनकपुरधाममा नेपाल प्रेस युनियन मधेश प्रदेश समितिको पदस्थापन समारोहमा पूर्व उपसभापति समेत रहेका सांसदले निधीले वर्तमान सरकारले जुनसुकै बेलापनि आठ दलको समर्थन प्राप्त गर्ने बताएका हुन् । आम निर्वाचन पश्चात् जनताले दिएको जनादेशअनुसार सरकार सञ्चालन हुनुपर्छ । सांसद निधीले भने, ‘चुनावपछिको गठबन्धनमा आपसी तालमेल नमिलेका गठबन्धन टिक्न सकेन ।’ राजनैतिक दलहरुको जनादेश र चुनावी गठबन्धन अलग अलग भएकाले लोकतान्त्रिक जमात असन्तुष्ट बनेका थिए । अहिले सुखद वातावरण बनेको उनको तर्क छ । नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कोर्ष…

कांग्रेस–एमाले दुवैले प्रतिपक्ष बेन्च खोज्दा संसद् बैठक प्रभावित
निकासखबर संवाददाताकाठमाडौं । संघिय संसदमा नेकपा एमाले र नेपाली कांग्रेस दुवैले प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक प्रभावित बनेको छ । दुबैदलले प्रतिपक्ष बेन्च खोजेका कारण बैठक प्रभावित भएका कारण संसद् सचिवालयले संसदको बैठक समेत सारेको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि संसद् सचिवालयले सूचना जारी गरेर पूर्वनिर्धारित बुधबारको बैठक १५ दिनपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि स्थगित गरेको हो । दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछाडेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधबारको बैठक विशेष कारणले बस्न नसकेको भन्दै सूचना जारी गरेका थिए। त्यसअघि सभामुख देवराज घिमिरेले…