विविध खबर

आगामी बजेटमा खेलकुद क्षेत्रको रकम बढाउने प्रधानमन्त्रीको घोषणा
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले खेलकुदमा बजेट बढाउने बताए । प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए । उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए । “यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ,” उनले भने, “आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक…

११ जना सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण
निकासखबर संवाददाताकाठमाडौं । संघीय संसदमा निर्वाचित भएको ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण ११ जना सांसदले अझै बुझाएका छैनन् । सघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ। यसरी सम्पत्ति विवरण नबुझाउनेमा फरार सूचिमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी र निलम्बित सांसद नेपाली कांग्रेसका टेकबहादुर गुरुङसमेत रहेका छन् । विवरण नबुझाउनेमा कांग्रेसका सांसदहरू उदय शमशेर जबरा,अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद गुरुङ छन्। त्यसैगरी, नेकपा एमालेका फरार सांसद लक्ष्मी कोइरीसहित राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी,…

संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानः अनुदान आयोगको नितिमा समावेश गर्न माग
निकासखबर संवाददाताविराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन । उनीहरुले पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका छन । स्थापना भए पनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब् हुननसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका हुन । प्रदेश १ मामोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार संघिय सरकारको विश्विद्यालय अनुदान आयोगले अझै सम्म प्रदेशमा स्थापना…

गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता
निकासखबर संवाददाताकाठमाडौं । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो । मन्त्रीपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले जानकारी दिए । ‘कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउँने गरी सम्झौता भएको छ,’ डा.शर्माले भने, ‘अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रकृया पुरा गरेर मेडिकल…

’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापण
राजेन्द्र न्यौपानेगोरखा । ’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापर्ण भएको छ । पुस्तकका लेखक पत्रकार सागर पन्त र माओवादी नेता अकुर तिमिल्सिना रहेका छन् । पुस्तकको जनयुद्ध दिवसको अवसर पारेर माओवादी नेता तथा नेपाल सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ लोकार्पण गरेका हुन् । गण्डकी गाउँपालिकामा भएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा जनयुद्धमा गण्डकी गाउँपालिकाको भूमिका, गण्डकीबाट बलिदान गर्ने शहिदहरुको विवरण, प्रजातन्त्र स्थापना देखि हालसम्मका जनप्रतिनीधिहरुको विवरण, जिल्ला भरीका शहिदलहरुको विवरण समेटिएको छ । १८० पृष्ठको उक्त पुस्तकमा युद्धका क्रममा भएका वास्तविक घटनाका सँस्मरणहरु लेखिएका छन् । कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरीराज अधिकारी,…