संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानः अनुदान आयोगको नितिमा समावेश गर्न माग

निकासखबर संवाददाता

विराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन । उनीहरुले पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका छन ।

स्थापना भए पनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब् हुननसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका हुन ।

प्रदेश १ मामोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार संघिय सरकारको विश्विद्यालय अनुदान आयोगले अझै सम्म प्रदेशमा स्थापना भएका युनिभर्सिटी र शैक्षिक प्रतिष्ठानहरुलाई आफनो नीति कार्यक्रममा समावेश गरेको छैन । जसले गर्दा प्रदेशमा स्थापना भएका विश्विद्यालय र शैक्षिक प्रतिष्ठानहरुले विभिन्न समस्याहरु झेलि रहनु परेको छ । ‘यसैले पहिलो पल्ट १४ फागुनमा संयुक्त्त भेला अयोजना गरि समस्या समाधानका लागि प्रदेशका विश्विद्यालय र शैक्षिक प्रतिष्ठानहरुले चार बुँदे घोषणा पत्रजारी गर्नुपरेको हो’ , मनमोहनका उपकुलपति डा पोखरेलले भने ।

उपकुलपति पोखरेलका अनुसार हैटौडामा सम्पन्नप्रदेश स्तरका विश्वविद्यालय र शेैक्षिक प्रतिष्ठानहरुको भेलाले प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गतका कार्यक्रम सञ्चालन , अनुसन्धान तथा पुर्वाधार विकासका लागि प्रदेश र संघिय सरकारसँग अनुदान उपलब्ध गराउन माग पनि गरेको छ । यसैगरि भेलाले चिकित्सा शिक्षा ऐन २०७७कोा दाफा (१७) को ७ बमोजिम छात्राबृत्ती प्रदानगर्न चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क अनुरुप बजेट उपलब्त्रध गराउन प्रदेश र संघिय सरकारसँग माग गरेको छ ।

भेलामा प्रदेश १ को मनमोहन प्राविधिक विश्वद्यिालयका उपकुलपति डा सुभाषश्री पोखरेल , गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवेकोटा , बाग्मती पदेशकामदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशी र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा विनोदकुमार यादव लगायतको सहभागीता रहेको थियो ।

भेलाले प्रदेशका विश्विद्यालय र शैक्षिक प्रतिष्ठानहरुको स्तरोन्तीका लागि संयुक्त्त रुपमा अनुदान आयोग र संघिय सरकारसँग अन्तक्रिृया गर्ने र थप ज्ञापन पत्रहरु बुझाउने र प्रदेश स्तररिय संयुक्त्त सञ्जाल निर्माण गर्ने निर्णय पनि गरेको छ ।

मा प्रकाशित