वर्तमान सरकारलाई कुनै खतरा छैनः सांसद निधी

निकासखबर संवाददाता

जनकपुरधाम  । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई कुनैपनि प्रकारको खतरा नरहेको जनाएका छन् । जनकपुरधाममा  नेपाल प्रेस युनियन मधेश प्रदेश समितिको पदस्थापन समारोहमा पूर्व उपसभापति समेत रहेका सांसदले निधीले वर्तमान सरकारले जुनसुकै बेलापनि आठ दलको समर्थन प्राप्त गर्ने बताएका हुन् ।

आम निर्वाचन पश्चात् जनताले दिएको जनादेशअनुसार सरकार सञ्चालन हुनुपर्छ । सांसद निधीले भने, ‘चुनावपछिको गठबन्धनमा आपसी तालमेल नमिलेका गठबन्धन टिक्न सकेन ।’ राजनैतिक दलहरुको जनादेश र चुनावी गठबन्धन अलग अलग भएकाले लोकतान्त्रिक जमात असन्तुष्ट बनेका थिए । अहिले सुखद वातावरण बनेको उनको तर्क छ ।

नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कोर्ष करेक्सन गर्ने बित्तिकै राजनिति र उपलब्धीहरु सुरक्षित हुनेगरी राजनितिक धार अगाडि बढेको निधीले बताए । कार्यक्रममा युनियनको प्रादेशिक कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै पदस्थापन गरिएको छ ।

त्यस्तै, प्रेस युनियनमा लामो समयसम्म योगदान पुर्याएकाहरुलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित