विविध खबर

२ वर्षभित्र कीर्तिपुर र मूलपानी रंगशाला स्तरोन्नति, थप ४ क्रिकेट रंगशाला निर्माण गरिने
निकासखबर संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता संचालन हुने व्यवस्था गरिने उल्लेख छ। साथै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्य अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै हरेक विद्यालयमा खेल शिक्षक व्यवस्था गरिने, वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिक तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने कार्यक्रम छ। एक वडा एक खेल…

राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने
निकासखबर संवाददाता

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज शुक्रवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो ।

सरकारको नीति तथा कार्यक्रम आज
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने छन् । सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव…

भारतीय खेलाडीहरुलाई पराजित गर्दै कमल थापा फाइनलमा
निकासखबर संवाददाता

काठमाडाैं । वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिताको ६० वर्ष उमेर समुहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरुलाई पराजित गर्दै कमल थापा र  झ्याम्पा धोण्डुप फाइनलमा पुगेका छन् । दार्जिलिङ जिमखाना क्लबद्वारा दार्जिलिङमा आयोजित वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगितामा  सशभागि थापा फाइनलमा पुगेका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा आफु फाइनलमा पुगेको जनाएका छन् । उनले भेट्रान्स सिङ्गलमा पनि आफु  सेमिफाइनलमा पुगेको जनाएका छन् । उनले  दार्जिलिङबाट सबैमा सादर नमस्कार भन्दै फेसबुकमा लेखेका छन् -“दार्जिलिङ जिमखाना क्लबद्वारा दार्जिलिङमा आयोजित ‘वर्ल्ड टेनिस मास्टर्स एम टि २००’ प्रतियोगिताको ६०वर्ष उमेर समुहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरुलाई पराजित गर्दै म र झ्याम्पा धोण्डुप…

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण गोल्डकपको उपाधि
निकासखबर संवाददाता

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौंले धनकुटामा सञ्चालित भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको टुँडिखेलमा आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि उचालेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले ५ लाख प्राप्त गरेको छ भने उपविजेता वीरगञ्जले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।