राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

निकासखबर संवाददाता

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज शुक्रवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित