प्लानिङ ब्वाइजले जित्यो भीमनारायण गोल्डकपको उपाधि

निकासखबर संवाददाता

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौंले धनकुटामा सञ्चालित भीमनारायण गोल्डकपको उपाधि जितेको छ ।

धनकुटाको टुँडिखेलमा आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि उचालेको हो ।

उपाधिसँगै प्लानिङ ब्वाइजले ५ लाख प्राप्त गरेको छ भने उपविजेता वीरगञ्जले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

मा प्रकाशित