सरकारको नीति तथा कार्यक्रम आज

निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका हुन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने छन् । सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

सचिवालयका अनुसार राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमममाथि जेठ ७ गतेदेखि ९ गतेसम्म राष्ट्रिय सभामा छलफल हुने छ । छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जेठ ९ गते जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

मा प्रकाशित