विविध खबर

बिजुली र ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो- चन्द्र भण्डारी
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका हुन् । भण्डारीले बैठकमा  ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि,’ उनले भने, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि।’ उनले आमजनतालाई आवश्यक कुरा सिकाइनुपर्ने बताए। भण्डारीले भने – ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो ।’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’ उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद…

७ महिना देखि ग्यारेजमै थन्कीयो एम्बुलेन्स, सर्वसाधरण हेलीकप्टर चार्टर गर्न वाध्य
निकासखबर संवाददाता

ओखलढुंगा । ओखलढुंगाको एउटा एम्वुलेन्स ७ महिना देखी ग्यारेजमा थन्किएको पाइएको छ । ओखलढुंगा सेवा समाज कतारले संस्थाको नेपाल शाखालाइ प्रदान गरिएको एम्बसलेन्स काठमाडौंको एक ग्यारेजमा थन्किएको पाइएको हो । सेवा समाजले २०७४ साल माघमा ओखलढुंगा सेवा समाज नेपाललाई हस्तान्तरण गरेको स. १ं च १४५३ नम्बरको एम्बुलेन्स काठमाडौंको जोरपाटी नयाँवस्ती स्थित साजन अटो केयरमा थन्किएको पाईएको हो । कतारमा वैदेशिक रोजगारको क्रममा रहेका ओखलढुंगाका युवाहरुबाट संकलन गरिएको ९ लाख ६७ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको थियो । ओखलढुंगा सेवा समाज कतारका पुर्व अध्यक्ष अशोक तामाङले एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सम्भव भएमा जिल्लाका ८ वटै पालिकालाई एम्बुलेन्स सहयोग गर्ने…

भ्रष्टाचारको अर्थ राजनीति विषयक विमर्श सम्पन्न
निकासखबर संवाददाता

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा ,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान कार्यसमितिले बृहत् रूपमा प्राज्ञिक कार्यसम्पादन गरिरहेको छ। नेपाल वैकल्पिक अध्ययन समाजसँगको सहकार्यमा ‘भ्रष्टाचारको अर्थ राजनीति’ विषयक विमर्श कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न सकिँदैन । भ्रष्टाचार न्यायिक ,प्राज्ञिक,नीतिगत ,वैचारिक र संस्थागत लगायतका अनेकौँ रूप र स्वरूपमा प्रकट हुने गर्दछन् । तिनको निर्मुल पार्न सके मात्रै देशको समुन्नति हुने बताए । सो विषयमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूले अनुचित ढङ्गबाट आर्जन गरेको सम्पत्ति नै भ्रष्टाचार भएको…

अध्ययनविनाको हावादारी योजना नल्याउन माधव नेपालकाे आग्रह
निकासखबर संवाददाता

  काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । उनले नामका लागि गरिने व्यक्तिवादी सोचबाट गरिएको योजनाले विकास गर्न नसकेकोले देशभरका ५७३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्न गल्ती नगर्न समेत आग्रह गरे । अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गर्दै उनले ‘६७४१ वडामा खेल मैदानको र ६५३ वटा पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्ने गल्ती नगर्न आग्रह गर्छु ।’ उनले भने, -‘नामका लागि गरिने काम, व्यक्तिवादी सोचले बिग्रिएको…

२ वर्षभित्र कीर्तिपुर र मूलपानी रंगशाला स्तरोन्नति, थप ४ क्रिकेट रंगशाला निर्माण गरिने
निकासखबर संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता संचालन हुने व्यवस्था गरिने उल्लेख छ। साथै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्य अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै हरेक विद्यालयमा खेल शिक्षक व्यवस्था गरिने, वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिक तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने कार्यक्रम छ। एक वडा एक खेल…