अध्ययनविनाको हावादारी योजना नल्याउन माधव नेपालकाे आग्रह

निकासखबर संवाददाता

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् ।
उनले नामका लागि गरिने व्यक्तिवादी सोचबाट गरिएको योजनाले विकास गर्न नसकेकोले देशभरका ५७३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्न गल्ती नगर्न समेत आग्रह गरे ।

अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गर्दै उनले ‘६७४१ वडामा खेल मैदानको र ६५३ वटा पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्ने गल्ती नगर्न आग्रह गर्छु ।’ उनले भने, -‘नामका लागि गरिने काम, व्यक्तिवादी सोचले बिग्रिएको हो । यसले राम्रो गर्दैन ।’

मा प्रकाशित