बिजुली र ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो- चन्द्र भण्डारी

निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका हुन् ।

भण्डारीले बैठकमा  ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि,’ उनले भने, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि।’ उनले आमजनतालाई आवश्यक कुरा सिकाइनुपर्ने बताए।

भण्डारीले भने – ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो ।’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’

उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन् । ‘सांसद, डाक्टर र सरकारलाई आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले भने।

गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए । घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो । उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित