विविध खबर
सांसद सुनिल शर्माको शिविरबाट दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार
निकासखबर संवाददातादैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् । दैलेखको आठविस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । तीन वटा शिविरमा ४०८ जनाको मुटुको जाँच इसीजी, १०७ जनाको इको, ९१४ जनाको भिडियो एक्सरे र ५४२ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । बुधबार आठबीस नगरपालिकामा सञ्चालित शिविरमा १ हजार…
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने
निकासखबर संवाददाताकाठमाडौं । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए । संसदमा बजेट भाषणमार्फत अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा गरिरहँदा सांसदहरुबीच हाँसो समेत चलेको थियो । सरकारले गाँजा खतीकाे सम्भाव्यता अध्ययन गरीने कुरा बजेटमा समाबेश गरेपछि किसानहरु भने उत्साहित भएका छन् ।
टिकापुर हत्याकाण्डमा कसरी मारिएका थिए ८ जना ?
निकासखबर संवाददाताकाठमाडौं । राज्य पुनर्संचना गर्दा सिमांकनको विषयमा असन्तुष्ट थारु समुदायले थरुहट–थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली–कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए । अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट–थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो । आन्दोलनकारीले सरकारी कार्यालयहरुमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने अभियान चलाएका थिए । कैलालीको टिकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो । उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जिल्लामा निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीले उल्लंघन…
हरियो कपडा लगाएर प्रधानमन्त्रीले रोपे फर्सी र घिरौला !
निकासखबर संवाददाताकाठमाडाैं । आज १६औं गणतन्त्र दिवस उल्लासमय वातावरणमा मनाइँदैछ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छ । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । हरियो कपडा लगाएर उनले सरकारी निवास परिसरमा रहेको करेसाबारीमा सोमवार बिहान विभिन्न तरकारीका बिउ र बेर्ना रोपेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । बेर्ना रोप्दै उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए । ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको…
स्वास्थ्यमन्त्री बस्नेतले गरे वीर अस्पतालको आकस्मिक निरीक्षण
निकासखबर संवाददाताकाठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौं आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र विरामीहरुले महसुस हुने गरि र सुधार भएको देखिने गरि वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् । वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए । वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ । मन्त्री…

