विविध खबर
डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छः सांसद शर्मा
निकासखबर संवाददाताकाठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् । क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर विश्वबजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेको उदाहरण दिदैं सांसद शर्माले नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने तर्क गरे । नेपाल भन्दा ७५ प्रतिशत कम जनसंख्या भएको देश क्यूवाले ५० हजार डाक्टर उत्पादन गरेर अमेरिका, क्यानडा, यूके, फ्रान्स लगायत देशमा पठाई बार्षिक १४ खर्ब पैसा देशमा भित्र्याइरहेको तथ्यांक सांसद शर्माले…
असंवैधानिक, अराजक र अशान्तिपूर्ण गतिविधि सरकारले स्वीकार्न सक्दैनः गृहमन्त्री श्रेष्ठ
निकासखबर संवाददाताकाठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश सभाको नामकरणलाई लिएर विरोध गर्नेलाई संविधान, लोकतन्त्र र शान्तिपूर्ण बाटोको माध्यम प्रयोग गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य एवम् एमाले कोशी प्रदेश सभाका संसदीय दलका उपनेता रामबहादुर रानामाथि हिजो बिहीवार इलामको चिसापानीमा आक्रमण भएको घटनालाई लिएर विरोध गरेपछि जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले असंवैधानिक, अराजक, अशान्तिपूर्ण र ध्वंशात्मक गतिविधि सरकारले स्वीकार गर्न नसक्ने स्पष्ट पारे । उनले त्यस घटनाका बारेमा आफूले एमालेका अध्यक्ष केपी शर्मा ओली र सम्बद्ध नेता, प्रदेश सभा सांसद राना र कोशी प्रदेशका…
२ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ
निकासखबर संवाददाताललितपुर । २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याल रहेका छन् । उनीहरुले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोप छ । पक्राउ परेका अस्पतालमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु रहेका छन् । उनीहरुलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हाे। पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा…
रामहरि प्रश्नः रामकृष्ण श्रेष्ठलाई अर्थ मन्त्रालयमा किन गरियो नियुक्ति ?
निकासखबर संवाददाताकाठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अर्थ मन्त्रालयमा अवकाशप्राप्त कर्मचारी रामकृष्ण श्रेष्ठलाई कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको भनेर प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तापक्षकै सांसद खतिवडाले करका दरमा हेरफेर गरिएको र गैर आधिकारिक व्यक्तिको नियुक्तिबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । । ‘रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गते नेपाल सरकारले नियुक्त गरेको देखिन्छ । त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए ?, उनले भने, ‘२ वर्ष अघि रिटायर्ड कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्यो ?’ खतिवडाले २०७९ साल फागुन २५ बाट असारसम्म रहनेगरी श्रेष्ठलाई महिनाको ३४ हजार दिनेगरी निर्णय गरिएको भन्दै कसको इन्ट्रेस्टले नियुक्ति गरिएको…
गर्मी बढेपछि सर्लाहीमा पनि विद्यालय बन्द
निकासखबर संवाददातासर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो । गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहने बतायउको छ ।

