सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

निकासखबर संवाददाता

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

संसदमा बजेट भाषणमार्फत अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा गरिरहँदा सांसदहरुबीच हाँसो समेत चलेको थियो ।
सरकारले गाँजा खतीकाे सम्भाव्यता अध्ययन गरीने कुरा बजेटमा समाबेश गरेपछि किसानहरु भने उत्साहित भएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित