विविध खबर

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो
निकासखबर संवाददाता

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने, शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् ।’ शिक्षा शाखाबाट भइरहेका यसखाले गतिविधिप्रति पालिका नेतृत्व मुकदर्शक बनेको पनि उनीहरुले आरोप लगाएका छन् । ‘सम्बन्धीत निकाय बेखबर नै रहेको र…

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस्ः सांसद शर्मा
निकासखबर संवाददाता

काठमाडाैं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्म रेलमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि जग्गा रोक्का गरिएको भएपनि हालसम्म जग्गाको मुआब्जा नदिइएको र जग्गा फुकुवा पनि नगरिँदा सो क्षेत्रका जनताको बिजोक भएको भन्दै सांसद शर्माले तत्काल मुआब्जा दिन वा जग्गा फुकुवा गरेर समस्याको समाधान गर्न माग…

एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित
निकासखबर संवाददाता

काठमाडाैं । नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझी निलम्बनमा परेका हुन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बनमा परेको सूचना सुनाएका छन् । कुनै सांसद पक्राउ परेमा प्रहरीले संसद् सचिवालयलाई जानकारी गराउँछ। सांसद पक्राउ परेको जानकारी सभामुखले प्रतिनिधि सभाको बैठकमा सुनाएपछि वा सूचना टाँस गरेपछि स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था रहेकाे छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए । उनी वैशाख ३१ गते राति काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ परेका थिए। उनलाई आज प्रहरीले अदालतमा पेश गरेको थियो।

काठमाडौंभरि निःशुल्क एम्बुलेन्स दिने महानगर प्रमुख बालेनको घोषणा
निकासखबर संवाददाता

काठमाडौं । महानगर प्रमुख बालेन शाहले काठमाडौं नगरवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् । शाहले लेखेका छन् ‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
निकासखबर संवाददाता

काठमाडौं । सन् २०२२ को ग्लोबल क्यान्सरको तथ्यांक अनुसार विश्वमा २३ लाख महिला स्तन क्यान्सरबाट प्रभावित रहेको पाइयो । नेपालमा यसको संख्या एक हजार ९७३ छ । नेपालमा देखिएको क्यान्सरको प्रवृत्तिको आधारमा स्तन क्यान्सर तेस्रो नम्बरमा पर्छ । कतिपयलाई स्तन क्यान्सर महिलामा मात्र हुन्छ भन्ने भ्रम पनि छ तर यो क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि हुने गरेको छ । स्तन क्यान्सर हुनुको प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन जस्तै: मोटोपना, मद्यपान तथा धुम्रपान, अस्वस्थकर खानपान, चिल्लो बोसोयुक्त खाना र बच्चालाई स्तनपान नगराउनु आदि हुन् । कसरी पहिचान गर्ने स्तन क्यान्सर ? स्तन क्यान्सर भएको खण्डमा केही लक्षणले पत्ता लगाउन सकिन्छ…