विविध खबर

विराट नर्सिङमा काटिएको हात जोडियो
निकासखबर संवाददाता

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् । १७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर हात काट्ने अवस्थाबाट जोगाउन सफल भएका हुन् । यसरी काटिएको…

प्रतिनिधिसभा बैठकमा सांसदहरुले भने- ‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’
निकासखबर संवाददाता

काठमाडौं । सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । संघीय संसद प्रतिनिधिको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।’ सांसद बुद्धिमान तामाङले धादिङ जिल्लाभित्र रहेका विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भगवती चौधरीले सुनसरी जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा घर जलेर नष्ट भएको अवस्थामा सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग गरिन् । सांसद भीमप्रसाद आचार्यले सुनसरी जिल्लामा…

मन्त्री मोदी र इन्टरनेशनल आइडियाका महासचिवबीच भेटवार्ता
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास–जामोराबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा महासचिव केभिन नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको हो । नेपाल भ्रमणमा रहेका महासचिव केभिन र मन्त्री मोदीबीच दुई पक्षीय हितका सन्दर्भमा कुराकानी भएको छ । भ्रमणका क्रममा महासचिव केभिनले संघीयताको सबलीकरण र स्थानीय तहको सशक्तिकरणका लागि आफूहरुले क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । महासचिव केभिनले हालसम्म इन्टरनेशनल आइडियाको ३४ राष्ट्र सदस्य रहेकाले नेपाल पनि यसको सदस्य हुन आग्रह गरे । भेटका क्रममा मन्त्री मोदीले संघीयता र स्थानीय तहसँगै नेपालका आदिवासी जनजाति, थारु, महिला लगायतका पिछडा…

भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छः विश्वप्रकाश शर्मा
निकासखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताए। सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्नका लागि राखिएको पाँच वर्ष हदम्याद हटाउनुपर्ने बताउँदै उनले भ्रष्टाचारको छानबिनमा राज्यले कठोरताका साथ जानका लागि कुनै पनि हदम्याद राख्न नहुने बताए। सोही क्रममा उनले भ्रष्टाचारको फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका हुन्। ‘भ्रष्टाचारका विरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ राज्यले,’ उनले भने, ‘सँगै यसका लागि एउटा दृष्टिकोण पनि बनाउनुपर्छ, निर्दोष कोही फस्नु…

प्रधानमन्त्रीदेखि सबैकर्मचारीको सम्पति छानबिन गर्नुपर्छः प्रकाश पन्थ
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्न माग गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन लिनुपर्ने भन्दै उच्च ओहदामा रहेका सबैको सम्पति छानबिन गर्न माग गरेका हुन् । उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न पनि माग गरे । ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै कटौती गरियोस्,’ राष्ट्रिय सभा सदस्य पन्थीले भने ।