काठमाडौंभरि निःशुल्क एम्बुलेन्स दिने महानगर प्रमुख बालेनको घोषणा

निकासखबर संवाददाता

काठमाडौं । महानगर प्रमुख बालेन शाहले काठमाडौं नगरवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् ।

शाहले लेखेका छन् ‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

मा प्रकाशित