भारतीय खेलाडीहरुलाई पराजित गर्दै कमल थापा फाइनलमा

निकासखबर संवाददाता

काठमाडाैं । वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिताको ६० वर्ष उमेर समुहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरुलाई पराजित गर्दै कमल थापा र  झ्याम्पा धोण्डुप फाइनलमा पुगेका छन् । दार्जिलिङ जिमखाना क्लबद्वारा दार्जिलिङमा आयोजित वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगितामा  सशभागि थापा फाइनलमा पुगेका हुन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा आफु फाइनलमा पुगेको जनाएका छन् । उनले भेट्रान्स सिङ्गलमा पनि आफु  सेमिफाइनलमा पुगेको जनाएका छन् ।

उनले  दार्जिलिङबाट सबैमा सादर नमस्कार भन्दै फेसबुकमा लेखेका छन् -“दार्जिलिङ जिमखाना क्लबद्वारा दार्जिलिङमा आयोजित ‘वर्ल्ड टेनिस मास्टर्स एम टि २००’ प्रतियोगिताको ६०वर्ष उमेर समुहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरुलाई पराजित गर्दै म र झ्याम्पा धोण्डुप फाइनलमा पुगेका छौँ।”  यसैगरी भेट्रान्स सिङ्गलमा म सेमिफाइनलमा पुगेको छु।
दार्जिलिङबाट सबैमा सादर नमस्कार  ।”

IFrame

मा प्रकाशित