खबर

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण
निकासखबर संवाददाता

काठमाडौं, १४ बैशाख । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटनामा मृत्यु भएपछि बीमा बापतको सो रकम हस्तान्तरण गरिएको हो । बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा मृतककाे परिवारलाइ बिमा रकम हस्तान्तरण गरेका छन् । मृतक पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए । बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओ।पि।डि। भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी…

डेढ किलो सुन र नगद सहित सात जना पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, १४ वैशाख । अवैध सुन कारोवार गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । डेढ किलो सुन र एक करोड नगद रुपैयाँ सहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३, टाँटेका ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापाको बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका छन् । उनीहरुको साथबाट एक किलोग्राम ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । सुनको अवैध कारोबार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको…

भूमि व्यवस्था विभागका महानिर्देशकलाई कार्यकक्षमै कालोमोसो दलियो
निकासखबर संवाददाता

काठमाडौं, १२ बैशाख । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई उनको कार्यकक्षमै कालोमोसो दलिएको छ। मोहन वैद्य निकट क्रान्तिकारी युवा संघ नेपालका कार्यकर्ताले उनलाई बुधबार दिउँसो मोसो दलेका हुन् । युवाहरुको एक समूहले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी ‘केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गर्ने’ भन्दै मोसो दलेका थिए । कालोमोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारी–६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर रहेको प्रहरीले जनाएको छ ।

झापामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
निकासखबर संवाददाता

झापा, १२ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेमा बुधबार भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। आज विहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको प्र१–०१–००१च ९३२९ नम्बरको जीप आपसमा ठोक्किंदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जीप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कतारका राजा आउँदा सार्वजनिक बिदा
निकासखबर संवाददाता

काठमाडौं, १० वैशाख । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।