खबर

कतारका राजा आउँदा सार्वजनिक बिदा
निकासखबर संवाददाता

काठमाडौं, १० वैशाख । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।  

कतारी राजाको स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने
निकासखबर संवाददाता

काठमाडौं, १० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि नेपालको दुईदिने राजकीय भ्रमण गर्दैछन् । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको अमिर शेखको स्वागतका लागि राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । अमिर शेखको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा रहँदा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन् भने राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा…

कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने
निकासखबर संवाददाता

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । पार्टीले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई पनि गराइएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापप्रति असहमति जनाएको हो । सर्वोच्चले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।  

दीपेश पुनसहित ६ जना धराैटीमा रिहा
निकासखबर संवाददाता

काठमाडौं, ७ बैशाख । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जना रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले पुनसहित अन्य छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारी आरोपीहरु ६ जनालाई रिहा गर्न आदेश दिएको हो । त्यस्तै अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेशमा भनिएको छ । दीपेशसँग चार लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, निता थापा मगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख धरौटीको माग…

बाइसधारामा बैशाख ११ गतेदेखि ल्हुति पुन्हि मेला सुरु
निकासखबर संवाददाता

काठमाडौँ, ५ बैशाख । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । चैत्र शुक्ल पूर्णिमादेखि पाँच दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यसअघि बालाजु उद्यान कार्यालयले मेलाको व्यवस्थापन गर्दै आएको भएपनि यस वर्षबाट मेलालाई अझ भव्य र सभ्य बनाउने उद्देश्यले मेला व्यवस्थापन समिति नै गठन गरिएको समितिका सह–संयोजक प्रकाश बलामीले जानकारी दिए । विगतका दिनहरुमा उद्यान कार्यांलयले मेला व्यवस्थापनको जिम्मा लिँदा कर्तव्य पूरा गर्ने काम मात्रै भएको र आफूहरु स्वयम् सेवक बनि ती कुराहरुलाई नजिकबाट…