खबर

नेपाल आइडल सिजन–५ का विजेता बने करण परियार
काठमाडौं, ८ असार २०८१ ।

एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शोको नेपाल आइडल सिजन– ५ का विजेता करण परियार भएका छन् । उनले पुरस्कार स्वरुप नगद २५ लाख प्राप्त गरेका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए। फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए भने थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाएका छन् ।   Facebook Notice for EU! You need to login to view and post FB Comments!

कलाकार तथा निर्देशक सुदर्शन थापा पक्राउ
निकासखबर संवाददाता

२१ जेठ, काठमाडौं । कलाकार एवं चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएपछि थापा पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई उनलाई प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो । यी दुईबीचको लफडा सोही फिल्मको प्रदर्शनको विषयलाई लिएर शुरु भएको थियो । निर्माता बस्नेतले आफ्नो मञ्जुरीविना चलचित्र प्रदर्शन गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए । बस्नेतले आफ्नो अनुमतिविना फिल्म बेचेको, फिल्म निर्माण गर्ने भनेर फसाएको लगायतका आरोपसमेत लगाएका छन् । Facebook Notice for EU! You need to login to view and post FB Comments!

बढ्यो गर्मी, भारतमा ६ जनाको मृत्यु
एजेन्सी, १६ जेठ, २०८१ ।

भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । गर्मीका कारण चार हजार जनाभन्दा बढी बिरामी भएका छन् । त्यहाँको तापक्रम यतिबेला ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेको बीबीसीले जनाएको छ । भारतको दिल्ली, राजस्थान, पञ्जाब, हरियाना, उत्तर प्रदेश लगायतका ठाउँको तापक्रम झण्डै ५० डिग्री सेल्सियससम्म पुगेको थियो । त्यस क्षेत्रमा उच्च गर्मीका कारण मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।…

गण्डकीका अर्थमन्त्रीमा लमजुङका टकराज गुरुङ
निकासखबर संवाददाता

कास्की, १६ जेठ । लमजुङका प्रदेशसभा सदस्य डा. टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि समेत गरेका छन् । त्यस्तै मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।   Facebook Notice for EU! You need to login to view and post FB Comments!

१३ लाख नेपाली नक्कली नोटसहित ४ जना पक्राउ
निकासखबर संवाददाता

जनकपुरधाम, १६ जेठ । नेपाली नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । एक भारतीयसहित चारजना पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका– ६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम रहेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले १३…