खबर
सिरोहिया पक्राउ प्रतिशोधपूर्ण : पत्रकार महासंघ (विज्ञप्तीसहित)
निकासखबर संवाददाताकाठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघ महासचिव रोशन पुरीद्वारा विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहिया पक्राउ भएको घटना प्रतिशोधपूर्ण रहेको दावी गरेका छन् । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदै आउका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएकोप्रति महासंघको गम्भीरता ध्यानाकर्षण भएको जनाएको छ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार संप्रेषण गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण…
अध्यक्ष कैलाश सिरोहिया कान्तिपुरको कार्यालयबाटै पक्राउ
निकासखबर संवाददाताकाठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयको कार्यकक्षबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न उनको कार्यकक्षमै प्रवेश गरी पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै
निकासखबर संवाददाताकाठमाडौँ, २९ वैशाख । नेकपा (एकीकृत समाजवादी) को सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ । यसको तयारीका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
निकासखबर संवाददाताकाठमाडों, २७ वैशाख । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौँ देखि झापामा देखिएको मानव(हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स ९विद्युतीय सौर्य तारबार० जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ । यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन । हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति…
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
निकासखबर संवाददाताकाठमाडौं, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा बिहीबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । कोशी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुखले बोलाएका थिए । सांसदहरुको सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । कार्की झापा निर्वाचन क्षेत्र नं ५ ९क०बाट प्रदेशसभा…