काठमाडौँ, २९ असाेज, २०८१ ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।
यस्तै, केन्द्रीय कमिटी बैठक अर्काे महिना बस्ने एकीकृत समाजवादीले जनाएको छ । यसको तयारीका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।