खबर

क्लबहरुलाई थप रकम दिनेदेखि चुनाव गर्नेसम्मः यस्ता छन् एन्फाको बैठकका १२ निर्णय
निकासखबर संवाददाता

काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं केन्द्रीय समिति बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । पुस २२ र २३ गते बसेको उक्त बैठकले विभिन्न प्रतियोगितामा विजेता र उपविजृता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ  । यस्तै शहिद स्मारक ए,बी र सी डिभिजन लिगका क्लबहरुलाई तयारी स्वरुप दिइँदै आएको तयारी खर्चमा थप २ लाख ५० हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ । यसैगरी विभिन्न निर्माण कार्यबाट बाँक्ी रकम सदुपयोग गर्ने तथा फिजियोथेरापीको सामान प्रक्रिया पुर्याएर खरिद गर्ने निर्णय पनि बैठकले पारित गरेको छ । यस्तै आगामी…

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा
निकासखबर संवाददाता

काठमाडौं | ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १८ सदस्यीय प्रदेशबाट खेल्ने खेलाडी छनोट गरेको हो । टोलीमा १४ नियमित र चार वैकल्पिक खेलाडी छन् । टोलीको उपकप्तानमा विशाल पौडेल रहनुभएको छ । अन्य खेलाडीमा विधान श्रेष्ठ, दीपक डुम्रे, अर्जुन कुमाल, अनिल गुरुङ, गोविन्द विक, सन्दीप खत्री, अभिषेक बस्नेत, कमल परियार, सुभाष भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल र चन्द्रकान्त पौडेल रहेका गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए ।…

लेखनाथ न्यौपानेका १० बुँदे फरकमतमा के–के छन् ? (पूर्णपाठसहित)
reporter

काठमाडौं | नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनका कतिपय विषयवस्तुमा असहमति जनाउँदै सो पार्टीका युवानेता लेखनाथ न्यौपानेले चार पृष्ठको १० बुँदे लिखित फरकमत प्रस्तुत गरेका छन् । न्यौपानेको फरक मतले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ । अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाइएको उक्त फरक मतमा एमालेसँग विगतकालमा गरिएको एकता गलत रहेको समेत औंल्याइएको छ । ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन,’ नेता न्यौपानेले भनेका छन्– ‘सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । यसको एउटा उदाहरण…

हरेक नेपालीका थाप्लामाथि ५७ हजार ऋणको बोझ
निकासखबर संवाददाता

काठमाडौं | प्रत्येक नेपालीको थाप्लामा ऋणको भार करिव ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ । यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय ८३ रुपैयाँ पर्न आउँछ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या ३ करोड ५ लाख २ हजार ५ सय ८५ पुगेको छ । भूकम्पपछि ऋणको ग्राफ बढेको देखिएको छ । ठूला आयोजना बनाउन ऋण लिने गरिए पनि उद्देश्यअनुसार खर्च हुन नसकेको विज्ञ बताउँछन् ।…

सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन
निकासखबर संवाददाता

काठमाडौं | नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ भदौमा एकाउक लडेका उनलाई परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको उपचारमा संलग्न डा. रोहन झाले बताए । मुटु, फोक्सो, महुमेह र उच्च रत्तचापलगायतका दीर्घरोगबाट पीडित टुहुरेको शल्यक्रिया हुन सकेन । दोस्रो संविधानसभा सदस्य समेत रहेका जनगायक टुहुरेको…