खबर

विकास र विना अभिनित ‘एकै नजरमा’ सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं | एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भाव समेटिएको गीत ‘एकै नजरमा’ सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वर र बिष्णु बाबु देवकोटाको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा विकास लामिछाने र  विना राउतको रोमान्टिक मुडमा देख्न सकिन्छ । कालिन्चोकमा छायाँकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ । भिडियो निर्देशक केशव राज भट्टले गरेका हुन् ।

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाउँदै थाहा नगरपालिका, पाठ्यक्रममा के छ ?
निकासखबर संवाददाता

मकवानपुर | मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो । नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागु गर्ने जनाइएको छ । त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको छ । १ देखि ५…

चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड
निकासखबर संवाददाता

काठमाडौं | चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले विशेष ध्यान पुर्‍याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँमा आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नको कारण आजको समस्याहरू देखा परेको बताइन् । सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको उनले बताइन् । उनले भनिन्, ‘जुन समस्याहरू छन्, चिकित्सा शिक्षा आयोगले त ऐन बनाउने भयो…

टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
निकासखबर संवाददाता

काठमाडौं | टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालामा यहि पुष २६ गतेबाट सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता रहने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिलातर्फ विभागीय टिमहरूमा नेपाल आर्मी क्लब, नेपाल पुलिस र शसस्त्र प्रहरी बल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको सहभागिता रहनेछ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकाका महिला भलिबलका क्याप्टेनसहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ । त्यस्तै पुरुषतर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, टिप टप…

क्लबहरुलाई थप रकम दिनेदेखि चुनाव गर्नेसम्मः यस्ता छन् एन्फाको बैठकका १२ निर्णय
निकासखबर संवाददाता

काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं केन्द्रीय समिति बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । पुस २२ र २३ गते बसेको उक्त बैठकले विभिन्न प्रतियोगितामा विजेता र उपविजृता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ  । यस्तै शहिद स्मारक ए,बी र सी डिभिजन लिगका क्लबहरुलाई तयारी स्वरुप दिइँदै आएको तयारी खर्चमा थप २ लाख ५० हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ । यसैगरी विभिन्न निर्माण कार्यबाट बाँक्ी रकम सदुपयोग गर्ने तथा फिजियोथेरापीको सामान प्रक्रिया पुर्याएर खरिद गर्ने निर्णय पनि बैठकले पारित गरेको छ । यस्तै आगामी…