खबर

कोरोना अपडेट : २४ घन्टामै ३०७५ मा संक्रमण, २ को मृत्यु
निकासखबर संवाददाता

पछिल्लो २४ घन्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ जनाको नमूना परीक्षण गर्दा यो संख्यामा संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यतिबेला देशभर ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।

उत्तर कोरियाको मिसाइल प्रक्षेपणले जापानलाई चिन्ता
reporter

जापान | जापानी प्रधानमन्त्री फुमियो किशिदाले मङ्गलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन्। उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्रधानमन्त्री किशिदाले जापानले आफ्नो सतर्कता र निगरानीलाई तीव्रता दिइरहेको र जानकारी सङ्कलन र विश्लेषण गर्न  थप सक्दो प्रयास गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिइएको पनि बताए । उनले ती सूचना जनतालाई छिटो र सही रूपमा उपलब्ध गराउन आफूले भनेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्रीले अधिकारीहरूलाई विमान र जहाजहरूको सुरक्षा सुनिश्चित गर्न र कुनै पनि प्रकारको कार्यक्रमको लागि तयारी गर्न…

राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य
reporter

काठमाडौं | गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका छन् । एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उनले त्यसलाई अत्यन्तै तल्लोस्तरको मिडियाबाजी भएको प्रतिक्रिया दिएका छन् । एनआरएनएलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने नेपाल सरकारको नयाँ नियमबारे जानकारी गराउन आयोजित भर्चुअल कार्यक्रमपछि आचार्यले विधि र विधानभन्दा बाहिर गएर गरिएको सहमति मान्य नहुने बताए । उनले प्रश्न गर्दै भने,‘हामीले सहमति गर्ने भए किन एनसीसी चाहिए, प्रतिनिधि किन चाहियो, विधान किन चाहियो ?’ अध्यक्ष कुमार पन्त र आफू विवाद…

राजु लामाले ल्याए गीत ‘चिसो चिसो’
निकासखबर संवाददाता

काठमाडौं | लोकप्रिय सांगीतिक समूह मंगोलियन हार्टका गायक राजु लामाको नयाँ रोमान्टिक गीत ‘चिसो चिसो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । लामो समयपछि गायक राजु लामाले रोमान्टिक शैलीको गीत ल्याएका हुन् । निरोज लामाको संगीत तथा बिर्खा गुरुङको शब्द गीतमा छ । गीतको म्युजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रियारानी लामा, अशिमा बस्नेत, डीबी गुरुङलगायतका कलाकारको अभिनय छ । सियोन श्रेष्ठको कोरीयोग्राफी, रुपेश थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो रुपेश थापाले नै निर्देशन गरेका हुन् । म्युजिक भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनले बाहिर ल्याएको हो ।

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने
निकासखबर संवाददाता

काठमाडौं | इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि एलओडीमा…