खबर
माओवादी सर्कुलर : माघ २७ मा पदाधिकारी चयन र केन्द्रीय समितिको पूर्णता
निकासखबर संवाददाताकाठमाडौं, ९ माघ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारीहरुको चयन र बाँकी रहेका केन्द्रीय सदस्यहरुको मनोनयन माघ २७ मा गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार अन्तर्पार्टी परिपत्र जारी गर्दै पार्टीपंक्तिमा सोको जानकारी गराएका हुन् । यसअघि मिति तोकेर पनि दुई पटक स्थगित केन्द्रीय समितिको बैठक माघ २७ देखि काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, समसामयिक राजनीतिलगायतका निर्णय गर्ने अध्यक्ष प्रचण्डले जनाएका छन् । आठौं राष्ट्रिय महाधिवेशन सकिएको डेढ महिनापछि केन्द्रीय समितिले पूर्णता र पार्टीले केन्द्रीय पदाधिकारी पाउने भएको छ । पुस ११–१८ मा राजधानीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष…
उपत्यकामा जोरबिजोर : यी सवारीलाई लागू हुँदैन (सूचनासहित)
निकासखबर संवाददाताकाठमाडौं, ८ माघ । शुक्रबार (७ माघ) राति बाह्र बजेदेखि अर्को सूचना नभएसम्मका लागि काठमाडौंं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यीमध्ये कतिपय अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर–बिजोर लागू नहुने काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा अन्यौल देखिएपछि दुई जिल्ल प्रशासनले शुक्रबार फेरि विज्ञप्ति निकालेर थप स्पष्ट पारेका हुन् । पछिल्ले सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोर–बिजोर प्रणाली लागू नहुने भएको छ । यसैगरी खाद्यान्न, दूग्धजन्य…
राष्ट्रका नाममा प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)
निकासखबर संवाददाताप्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा देउवाले टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा देउवाले यसबीच आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे चर्चा गरे । ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ,’ उनले भने– ‘जनतामा आशा र भरोसा बढेको छ ।’ यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ–
माघ १ काे संक्रमणदर ३२ प्रतिशत : १४५५६ को परीक्षण, ४६३६ मा कोरोना !
निकासखबर संवाददाताकाठमाडौं, १ माघ । अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो । हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको २४।७४२ प्रतिशत थियो । तर, पछिल्लो २४ घन्टामै संक्रमणदर ७ प्रतिशत बढेको छ । पछिल्लो २४ घन्टामा पीसीआर परीक्षणबाट ३ हजार ७ सय ३ र एन्टिजेन परीक्षणबाट ९ सय ३३ जनामा…
केएमसीका सञ्चालकलाई सिंहदरबारभित्रै कालोमोसो
निकासखबर संवाददाताकाठमाडाैं, ३० पुस । काठमाडौं मेडिकल कलेज (केएमसी) का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरूले सिंहदरबारभित्रै कालोमोसो दलिदिएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकबाट बाहिरिने क्रममा उनलाई विद्यार्थीले कालोमोसो दलिदिएका हुन् । कडा सुरक्षा घेराभित्र रहेको सिंहदरबारको मुख्य भागमा अवस्थित मन्त्रालय परिसरमै पाँच जना विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) सम्बद्ध अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई प्रहरीले पक्राउ गरेको छ । सो संगठनका अध्यक्ष सुदेश पराजुलीले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘सुनिल शर्मालाई कालोमोसो दलेका छौं,’ पराजुलीले भने– ‘हाम्रो संगठनका उपमहासचिव महेश…

