खबर

उपत्यकामा जोरबिजोर : यी सवारीलाई लागू हुँदैन (सूचनासहित)
निकासखबर संवाददाता

काठमाडौं, ८ माघ । शुक्रबार (७ माघ) राति बाह्र बजेदेखि अर्को सूचना नभएसम्मका लागि काठमाडौंं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यीमध्ये कतिपय अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर–बिजोर लागू नहुने काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा अन्यौल देखिएपछि दुई जिल्ल प्रशासनले शुक्रबार फेरि विज्ञप्ति निकालेर थप स्पष्ट पारेका हुन् । पछिल्ले सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोर–बिजोर प्रणाली लागू नहुने भएको छ । यसैगरी खाद्यान्न, दूग्धजन्य…

राष्ट्रका नाममा प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)
निकासखबर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा देउवाले टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा देउवाले यसबीच आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे चर्चा गरे । ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ,’ उनले भने– ‘जनतामा आशा र भरोसा बढेको छ ।’ यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ–

माघ १ काे संक्रमणदर ३२ प्रतिशत : १४५५६ को परीक्षण, ४६३६ मा कोरोना !
निकासखबर संवाददाता

काठमाडौं, १ माघ । अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो । हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको २४।७४२ प्रतिशत थियो । तर, पछिल्लो २४ घन्टामै संक्रमणदर ७ प्रतिशत बढेको छ । पछिल्लो २४ घन्टामा पीसीआर परीक्षणबाट ३ हजार ७ सय ३ र एन्टिजेन परीक्षणबाट ९ सय ३३ जनामा…

केएमसीका सञ्चालकलाई सिंहदरबारभित्रै कालोमोसो
निकासखबर संवाददाता

काठमाडाैं, ३० पुस । काठमाडौं मेडिकल कलेज (केएमसी) का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरूले सिंहदरबारभित्रै कालोमोसो दलिदिएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकबाट बाहिरिने क्रममा उनलाई विद्यार्थीले कालोमोसो दलिदिएका हुन् । कडा सुरक्षा घेराभित्र रहेको सिंहदरबारको मुख्य भागमा अवस्थित मन्त्रालय परिसरमै पाँच जना विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) सम्बद्ध अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई प्रहरीले पक्राउ गरेको छ । सो संगठनका अध्यक्ष सुदेश पराजुलीले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘सुनिल शर्मालाई कालोमोसो दलेका छौं,’ पराजुलीले भने– ‘हाम्रो संगठनका उपमहासचिव महेश…

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट
निकासखबर संवाददाता

सुर्खेत | वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ । दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । “प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन”, नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भने “प्लान्ट जडान गरी उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्नासाथ सिलिन्डरमा भरिनेछ ।” उनका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका १५० थान सिलिन्डरमा अक्सिजन…