खबर
एमसीसीमाथि आजदेखि छलफल हुने, छलफलपछि सम्झौता पारितको चरणमा जाने
निकासखबर संवाददाताकाठमाडौँ । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेकोले आजको बैठकबाट छलफल प्रारम्भ हुने भएको हो । कार्यसूचीलाई आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्ने छन् । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ । जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्यहरूले…
नेपालआजका अध्यक्ष गुरागाइँमाथि महिला हिंसाको आरोप
निकासखबर संवाददाताकाठमाडौं । नेपालआज डटकम नामक अनलाइनका अध्यक्ष माधव गुरागाइँमाथि महिला हिसा गरेको आरोप लागेको छ । कार्यालयमै काम गरेका एक महिलाले महिला हिंसा गरेको उजुरी दिएपछि उनि निरुद्ध महिला हिसाको आरोप लागेको हो । यस विषयमा प्रेस काउन्सिल नेपालमा ती महिलाले म्यासेजको स्क्रिनसर्ट सहित उजुरी दिएपछि काउन्सिलले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंमा केही दिनअघि एक महिलाले प्रमाणसहित गुरागाईंले मानसिक यातना तथा हिंसा गरेको उजुरी दर्ता गराएकी थिइन् । लगत्तै साइबर ब्युरोले गुरागाईलाई सम्पर्कमा आउन भनेको थियो । तर, गुरागाइँ आफूलाई कुनै पनि निकायले केही जानकारी नगराएको बताएका छन् । प्रेस काउन्सिल नेपालले प्रहरीमा गरेको पत्राचारबारे…
दुरुपयोग भइरहेको एम्बुलेन्स प्रहरीले लियो नियन्त्रणमा
निकासखबर संवाददाताखोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । भारतीय भूतपूर्व सैनिक संघको नाममा रहेको सो एम्बुलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार भाडामा चलाउँदै आएका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकीले राईलाई मंगलबार एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस बारेमा थप अनुसन्धान…
पशुपति धर्मशाला फिर्ता : आलेद्वारा मन्त्रीस्तरीय निर्णयबाट ‘बतास’ सँगको सम्झौता भंग
निकासखबर संवाददातासांस्कृतिक एवं नेपाल–भारत द्विपक्षीय मान्यता तथा सहमतिविपरीत ‘तारे होटल’ सञ्चालन गर्न तत्कालीन सरकारले विवादास्पद व्यापारिक समूहलाई ठेक्कामा दिएको तिलगंगास्थित पशुपति धर्मशाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फिर्ता लिएका छन् । मन्त्रीस्तरीय निर्णयबाट मन्त्री आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिइएको बुधबार बताएका हुन् । ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौं’, मन्त्री आलेले भनेका छन्– ‘अब धर्मशाला बतास समूहले सञ्चालन गर्दैन ।’ धर्मशाला भाडामा दिँदा मिलेमतो भएको उल्लेख गर्दै पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले उक्त सम्झौता रद्द गरी धर्मशाला फिर्ता लिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन केही दिनअघि मन्त्री…
२० देशमा राजदूत खालि : कूटनीतिक सम्बन्ध ठप्प
पत्रपत्रिकाबाटविभिन्न मुलुकमा रहेका नेपालका कूल ३० वटा राजदूतावासमध्ये २० वटा राजदूतावासमा लामो समयदेखि राजदूत पद रिक्त छ । कोभिड– १९ को महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लिनुुपर्ने तथा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बेला राजदूत पद नै रिक्त रहनु राम्रो नभएको कुटनीतिज्ञहरूको भनाइ छ ।विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । असल सम्बन्ध स्थापित गर्ने अत्यावश्यक माध्यमका रूपमा रहेका राजदूतावास खालि रहँदा नाम मात्रको कूटनीतिक सम्बन्ध रहन जाने परराष्ट्रविद् मदनकुमार भट्टराई बताउँछन् । यसरी राजदूत पद खालि रहँदा नेपालको आफ्नो प्रतिनिधित्वमा विदेशमा सवाल उठ्न सक्ने उनको भनाइ छ । तीन देशका राजदूतको संसदीय…

