नेपालआजका अध्यक्ष गुरागाइँमाथि महिला हिंसाको आरोप

निकासखबर संवाददाता

काठमाडौं । नेपालआज डटकम नामक अनलाइनका अध्यक्ष माधव गुरागाइँमाथि महिला हिसा गरेको आरोप लागेको छ । कार्यालयमै काम गरेका एक महिलाले महिला हिंसा गरेको उजुरी दिएपछि उनि निरुद्ध महिला हिसाको आरोप लागेको हो ।

यस विषयमा प्रेस काउन्सिल नेपालमा ती महिलाले म्यासेजको स्क्रिनसर्ट सहित उजुरी दिएपछि काउन्सिलले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंमा केही दिनअघि एक महिलाले प्रमाणसहित गुरागाईंले मानसिक यातना तथा हिंसा गरेको उजुरी दर्ता गराएकी थिइन् ।

लगत्तै साइबर ब्युरोले गुरागाईलाई सम्पर्कमा आउन भनेको थियो । तर, गुरागाइँ आफूलाई कुनै पनि निकायले केही जानकारी नगराएको बताएका छन् । प्रेस काउन्सिल नेपालले प्रहरीमा गरेको पत्राचारबारे प्रश्न गर्दा उनले अनभिज्ञता प्रकट गरेका छन् ।

गुरागाईंले अहिले सामाजिक सञ्जाल प्रयोग गरेर आफूलाई धम्की दिइरहेको ती महिलाको आरोप छ ।

मा प्रकाशित