कतारी राजाको स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

निकासखबर संवाददाता

काठमाडौं, १० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि नेपालको दुईदिने राजकीय भ्रमण गर्दैछन् । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको अमिर शेखको स्वागतका लागि राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।

अमिर शेखको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन् भने राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी बुधबार स्वदेश फर्किनेछन् ।

मा प्रकाशित