खबर

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ परेका छन् । एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका उनलाई पुनारो मुद्दामा पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । लामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई लागूऔषध सम्बन्धी मुद्दामा उच्च अदालत, पाटनले पाँच वर्ष कैद सजाय तोेकेको थियो ।

मधेस सरकारबाट बाहिरियो लोसपा
निकासखबर संवाददाता

काठमाडौं, ४ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश सरकारबाट बाहिरिएको छ । लोसपाका तर्फबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएसँगै लोसपाले सरकार छाडेको हो । मधेश प्रदेशमा लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत छ ।  

निर्वाचनको कसौटीमा पहिचानको प्रश्न
भवानी बराल

गएको फागुन १७ गते प्रस्तावित प्रदेश नं १ को प्रदेशसभाले कोशी नामाकरणमा मोहर लगाएपछि आन्दोलनरत पहिचान पक्षधरहरूको संयुक्त संघर्ष समिति यतिखेर इलाम क्षेत्र नं २ को उपचुनावमा हेलिएको छ । नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध किराँती याक्थुङ चुम्लुङ, किराँती राई यायोक्खासहित पहिचान पक्षधर राजनैतिक संगठन, मोर्चासहीत तीन दर्जन बढी संस्थाले डकेन्द्र सिं थेगिम लिम्बूको उम्मेदवारी अनुमोदन पनि गरिसकेका छन् । स्वतन्त्रको हैसियतमा उम्मेदवारी दर्ता गराएका थेगिमको जनअनुमोदन कस्तो हुनेछ हेर्ने, पर्खने दिन पनि टाढा छैन । उपचुनावलाई आवाधिक मिनी जनमतको रुपमा पनि हेरिने गरिन्छ । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनको परिणामसँगै पहिचानको प्रश्न निर्वाचनको कसौटीमा खारिने पक्कापक्की छ । तर,…

अबका सडकमा सुरुङमार्ग, अण्डरपास र फ्लाइओभर हुन्छन्ः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङ मार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए । ‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको…

कटौती गरिएको समानीकरण अनुदान रकम पठाउने प्रधानमन्त्रीको प्रतिबद्धता
निकासखबर संवाददाता

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारमा पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो किस्ता रकममा कटौती गरिएको रकम पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी बजेटको तयारीका बारेमा छलफल गर्दै यस्तो प्रतिवद्धता ब्यक्त गरेका गाविस महासंघका कार्यकारी निर्देशन राजेन्द्र प्याकुरेलले बताए । मुख्यसचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो आउँदैन भन्ने बुझिएकोले नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताए । अर्थ मन्त्री वर्षमान पुन नेपाल फर्किए लगत्तै प्रकृया अगाडि बढाउन प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।…