खबर
एसीसी प्रिमियर कप : हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश
निकासखबर संवाददाताकाठमाडौं, ३ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको छ । हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए । यस्तै कुशल भुर्तेलले १९ बल खेल्दै ३२ रनको योगदान दिए। कुशलले ३ चौका र २ छक्का हाने । नेपालका कप्तान रोहित पौडेलले अविजित २५ रन…
अर्थमन्त्री पुन अमेरिका प्रस्थान
निकासखबर संवाददाताकाठमाडौँ, ३ बैशाख । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन् । मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णसहित सहसचिवहरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिव तथा उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले…
पहिरोमा परी १५ जनाको मृत्यु
निकासखबर संवाददाताएजेन्सी, २ बैशाख । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र दुई जना बाँचेको समेत उद्धार गरिएको स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो । राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले…
सट्टेवाजीबाट ६० करोडको कारोबार गर्ने तीन जना पक्राउ
निकासखबर संवाददाताकाठमाडौं, २ बैशाख । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर साढे ५७ करोड रुपैयाँ कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा १० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । उनीको साथबाट २१ वटा मोबाइल बरामद भएको छ । यस्तै, ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।
जिब्रो छेड्ने जात्रा मनाइयो
निकासखबर संवाददाताभक्तापुर, २ बैशाख । हरेक वर्ष वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ । हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भरिएका थिए । २८ वर्षीय सुजन वाग श्रेष्ठको जिब्रो छेडेर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गरेका छन् । एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा सुजनको जिब्रो छेडिएको थियो । जात्रामा मानिसहरुको भीड लागेको थियो । जिब्रो छेडेपछि सुजनलाई बोडेबासीले जयजयकार गरेका थिए । दोस्रो पटक जिब्रो छेडेका सुजनले चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर हिँडेका सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न…