खबर

जिब्रो छेड्ने जात्रा मनाइयो
निकासखबर संवाददाता

भक्तापुर, २ बैशाख । हरेक वर्ष वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ । हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भरिएका थिए । २८ वर्षीय सुजन वाग श्रेष्ठको जिब्रो छेडेर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गरेका छन् । एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा सुजनको जिब्रो छेडिएको थियो । जात्रामा मानिसहरुको भीड लागेको थियो । जिब्रो छेडेपछि सुजनलाई बोडेबासीले जयजयकार गरेका थिए । दोस्रो पटक जिब्रो छेडेका सुजनले चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर हिँडेका सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न…

राजा फर्कने सम्भावना छैन : सभापति देउवा
निकासखबर संवाददाता

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् । स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन । उनले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफै गए । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले ।’ नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनु पर्‍यो भनेर मान्छेहरु हिड्दै गरेकोप्रति टिप्पण गर्दै ‘राजा फर्किन्छ भन्ने होइन ।…

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपाल विजयी
निकासखबर संवाददाता

काठमाडौं, १ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो खेलमा कतारलाई नेपालले ३२ रनले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले कतारलाई २११ लक्ष्य दिएको थियो । कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमै समेटियो। २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे । उनले जम्मा ५२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए । यस्तै कुशल मल्लले ३५ रन जोड्दा…

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपालको पहिले ब्याटिङ
निकासखबर संवाददाता

काठमाडौं, १ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान–१ मा नेपाली समय अनुसार सवा ४ बजे खेल सुरु भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो । आजको खेलमा नेपालका तर्फबाट रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले शनिबारको खेलमा करण केसीको ठाउँमा विवेक…

देश बन्दैन भन्ने भ्रमबाट मुक्त हुनुपर्छ : अध्यक्ष ओली
निकासखबर संवाददाता

काठमाडौँ, १ बैशाख । नेकपा (एमाले) का केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले देश बन्दैन भन्ने भ्रमबाट नेपाली जनतालाई मुक्त गराउनुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्छ । अध्यक्ष ओलीले कुनै पनि देश अरू कसैले नभई…