खबर

नयाँ वर्षमा ‘डिग्री माइला’को आक्रमक व्यापार
निकासखबर संवाददाता

काठमाडौं, १ बैशाख । नयाँ वर्षको अवसर पारेर हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले प्रदर्शनको पहिलो दिन देशभरका २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गर्‍यो । शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौंका प्रायः हलमा शनिबार फिल्मलाई उपलब्ध अधिकांश शोज हाउसफुल भए । मोफसलका हलमा पनि फिल्मको क्रेज राम्रो देखिएको छ । यसरी हेर्दा नयाँ वर्षमा मात्र फिल्मको व्यापार डेढ करोडमाथि हुने सम्भावना…

सुनको मूल्यकाे नयाँ रेकर्ड कायमै
निकासखबर संवाददाता

काठमाडौं, ३० चैत । चैत महिनाभरि नै सुनको मूल्यमा रेकर्ड राख्ने क्रम रोकिएन । महिनाको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एकै पटक दुई हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । योसँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…

करोडौँ पर्ने बुद्धचित्तको बोट अज्ञात समूहद्वारा काटियो
निकासखबर संवाददाता

काभ्रे, ३० चैत । काभ्रेको रोशी–५ नागबेलीमा रहेको एक व्यक्तिको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम समेत फेला परेको काभ्रे प्रहरीले जनाएको छ । स्थानीय ठकुरानी तामाङको घरअगाडि सो बम फेला परेको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । बुद्धचित्त मालाको बोट १५/२० जनाको अपरिचित समूह आई काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको…

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुनेछ : सञ्चारमन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदबाट छिट्टै पारित हुने बताएकी छिन् । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको १२औँ अधिवेशनका अवसरमा मन्त्री शर्माले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको भन्दै ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा रहेको उल्लेख गरिन् । सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको पनि स्पष्ट पारिन् । न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई…

धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
निकासखबर संवाददाता

जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशाबाटै गइरहेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । बिहीबार अपराह्न भएको घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको साँझ ७ बजे मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको अनुसार यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय…