आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुनेछ : सञ्चारमन्त्री शर्मा

निकासखबर संवाददाता

काठमाडौं, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदबाट छिट्टै पारित हुने बताएकी छिन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको १२औँ अधिवेशनका अवसरमा मन्त्री शर्माले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको भन्दै ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा रहेको उल्लेख गरिन् ।

सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको पनि स्पष्ट पारिन् ।

न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।

 

मा प्रकाशित