राजा फर्कने सम्भावना छैन : सभापति देउवा

निकासखबर संवाददाता

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् । स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन ।

उनले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफै गए । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले ।’ नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनु पर्‍यो भनेर मान्छेहरु हिड्दै गरेकोप्रति टिप्पण गर्दै ‘राजा फर्किन्छ भन्ने होइन ।

उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्छ’ उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए ।

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे ।

मा प्रकाशित