दीपेश पुनसहित ६ जना धराैटीमा रिहा

निकासखबर संवाददाता

काठमाडौं, ७ बैशाख । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जना रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले पुनसहित अन्य छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारी आरोपीहरु ६ जनालाई रिहा गर्न आदेश दिएको हो । त्यस्तै अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेशमा भनिएको छ ।

दीपेशसँग चार लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, निता थापा मगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख धरौटीको माग गरिएको अदालतले जनाएको छ । सुप्रिम सहकारी ठगीमा जोडिएका पुन थिए ।

 

मा प्रकाशित