भूमि व्यवस्था विभागका महानिर्देशकलाई कार्यकक्षमै कालोमोसो दलियो

निकासखबर संवाददाता
काठमाडौं, १२ बैशाख । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई उनको कार्यकक्षमै कालोमोसो दलिएको छ। मोहन वैद्य निकट क्रान्तिकारी युवा संघ नेपालका कार्यकर्ताले उनलाई बुधबार दिउँसो मोसो दलेका हुन् ।
युवाहरुको एक समूहले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी ‘केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गर्ने’ भन्दै मोसो दलेका थिए ।
कालोमोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारी–६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर रहेको प्रहरीले जनाएको छ ।
मा प्रकाशित