फाकफोकथुमबाट इलाम २ को मतगणना सुरु

निकासखबर संवाददाता

इलाम, १६ वैशाख । इलाम–२ फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु हुँदैछ । चुलाचुली, माङसेबुङ गाउँपालिका र माइ, देउमाइ र इलाम नगरपालिकाको हुनेगरी आज बसेको सर्वदलीय बै्रठकमा सहमति भएको थियो ।

सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । मतगणना शुरु हुने फाकफोकथुमको परिणाम कस्तो होला ? उम्मेदवारको ढुकढुकी बढाइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए ।

इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम-२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

 

मा प्रकाशित