खबर

इलाम–२: ५० प्रतिशत मत गन्दा सुहाङ नेम्वाङ ५ हजार मतले अगाडि
निकासखबर संवाददाता

काठमाडौं, १७ बैशाख । इलाम २ मा भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो कूल मतपत्रको ५० प्रतिशत हो । यहाँ कूल ६९ हजार २८७ मत खसेको थियो । अहिलेसम्मको मतपरिणम हेर्दा नेकपा एमालेका सुहाङ नेम्वाङको भारी मतान्तरको अग्रता कायमै छ । सुहाङको १४ हजार ६१३ भोट आउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको खड्का ९ हजार ३११ भोट छ। दुईजनाबीच ५ हजार ३०२ मतको अन्तर छ। तेस्रो स्थानमा रहेका डकिन्द्र थेगिमले ८ हजार ५७० र चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् ।…

बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश
निकासखबर संवाददाता

विराटनगर, १६ बैशाख । विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको शुक्रबारको इजलासले उनलाई झिकाउने आदेश दिएको हो । जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो । सो पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार मुद्दाका प्रत्यर्थी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो । ४ कात्तिक २०७६ राति साढे १२ बजे सुनसरीको चतरास्थित आश्रममा गिरीले आफूलाई जबर्जस्ती करणी गरेको दाबीसहित एक अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

ग्लोबल आइएमई बैंक सम्मानित
निकासखबर संवाददाता

काठमाडौं, १६ बैशाख । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा ग्लोबल आइएमई बैंक लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । यस आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको छ । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका छन् । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र…

शङ्खमूलमा आगलागी, ५ पसलमा क्षति
निकासखबर संवाददाता

काठमाडौं, १६ वैशाख । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसलसहित पाँच पसल जलेर नष्ट भएका छन् । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आएको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल, काठमाडौंको जुद्ध बारुण यन्त्रले आगो निभाउने क्रम जारीरहेको प्रहरीले जनाएको छ ।

बझाङमा मतगणना सुरु
निकासखबर संवाददाता

बझाङ, १६ बैशाख । शनिबार भएको बझाङ प्रदेश सभा (क) को उपनिर्वाचनअन्तर्गत भएको मतदानको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेपछि जिल्ला अदालतको परिसरमा मतगणना सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिका– १ र २ बाट गणना थालिएको हो । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा उत्रिएका छन् भने उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।