बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश

निकासखबर संवाददाता

विराटनगर, १६ बैशाख । विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ ।

न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको शुक्रबारको इजलासले उनलाई झिकाउने आदेश दिएको हो ।

जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो ।

सो पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार मुद्दाका प्रत्यर्थी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो ।

४ कात्तिक २०७६ राति साढे १२ बजे सुनसरीको चतरास्थित आश्रममा गिरीले आफूलाई जबर्जस्ती करणी गरेको दाबीसहित एक अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

मा प्रकाशित