शङ्खमूलमा आगलागी, ५ पसलमा क्षति

निकासखबर संवाददाता

काठमाडौं, १६ वैशाख । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसलसहित पाँच पसल जलेर नष्ट भएका छन् ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आएको छैन ।

ललितपुर महानगरपालिकाका दुई वटा दमकल, काठमाडौंको जुद्ध बारुण यन्त्रले आगो निभाउने क्रम जारीरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित