इलाम–२: ५० प्रतिशत मत गन्दा सुहाङ नेम्वाङ ५ हजार मतले अगाडि

निकासखबर संवाददाता

काठमाडौं, १७ बैशाख । इलाम २ मा भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो कूल मतपत्रको ५० प्रतिशत हो । यहाँ कूल ६९ हजार २८७ मत खसेको थियो ।

अहिलेसम्मको मतपरिणम हेर्दा नेकपा एमालेका सुहाङ नेम्वाङको भारी मतान्तरको अग्रता कायमै छ । सुहाङको १४ हजार ६१३ भोट आउँदा
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको खड्का ९ हजार ३११ भोट छ। दुईजनाबीच ५ हजार ३०२ मतको अन्तर छ।

तेस्रो स्थानमा रहेका डकिन्द्र थेगिमले ८ हजार ५७० र चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् । नेकपा एसका उम्मेदवार जीतबहादुर राईको २९९ भोट छ।

मा प्रकाशित