कला–साहित्य

३१ वर्षे अभिनेता ताम्राकारले गरे आत्महत्या
निकासखबर संवाददाता

काठमाडौँ, २२ असार । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा घाटीमा पासो लगाएर झुण्डिएर आत्महत्या गरेका हुन् । बुबा आमासँगै बस्दै आएका उनले घरमा कोही नभएका बेला झुन्डिएर आत्महत्या गरेका हुन् । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । बाबु र आमा साँझ कुनै पार्टीमा गएका बेला सारुकले आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले जानकारी दिएका छन् । हाल छायांकनरत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत ३१ वर्षीय सारुक बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । उनले केही म्युजिक भिडियाेहरूमा समेत अभिनय गरेका छन् । ‘ईन्टु मिन्टु लण्डनमा’,…

चर्चित गायक एवं अभिनेता रविन तामाङको निधन
निकासखबर संवाददाता

काठमाडौं, २० असार । चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरको कोठामा मंगलबार उनी मृत भेटिएको पारिवारिक स्रोतले बताएको छ । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको जानकारी दिएका छन् । पारिवारिक स्रोतले जानकारी दिएलगत्तै प्रहरीको टोली त्यहाँ पुगेको थियो । भित्रबाट लक भएको ढोका प्रहरीले फोडेर हेर्दा उनी मृत भेटिएका थिए । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्‍याएर शव पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । हाल रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । नेपाली रक…

समिक्षाको ‘म मर्छु तिमी बिना’ सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं, १७ असार । गायिका समिक्षा अधिकारीको स्वरमा सजित ‘म मर्छु तिमी बिना’ सार्वजनिक भएको छ । शब्द, संगीत तथा भिडियो निर्देशनसमेत अशोक बिकको रहेको यस गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् । गत बिहीबार युटुव च्यानलमार्फत गीत सार्वजनिक गरिएपछि दर्शक श्रोताहरुबाट राम्राे प्रतिक्रिया पाइरहेकाे निर्देशक बिकको भनाई छ । गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन तथा पदम सुबेदीको सम्पादन रहेको छ । गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साललगायतको अभिनय देख्न सकिन्छ ।

बल्छी ध्रुवे र राजु मास्टरसहित आठ जना पक्राउ
निकासखबर संवाददाता

काठमाडौँ, ३२ जेठ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुवे’को भूमिका निर्वाह गरेर चर्चामा आएका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) तथा राजु पौडेल (राजु मास्टर) सहित प्रहरीले प्रहरीले पाँच जना कलाकार र तीन जना युट्यबर पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेहरुमा भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरे रहेको छन् । त्यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई काठमाडांैको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले आफ्नो…

‘महिनावारी’
निकासखबर संवाददाता

प्रिय पुरुष, कत्तिको याद गरेकाछौ ? प्रत्येक महिनाको २/३ दिन छेवैको आसनमा बस्दा मैले आँखा बन्द गरेर, मुठ्ठी दह्रो बनाएको ? इसारा बुझेउ कि बुझेनौ ? ‘तातोपानी खान मन लाग्यो’ भनेको ? हुन त तिमीलाई फुर्सद नै काहाँ होला र ? मेरो पिडा सुन्ने, कोही मजस्तै नारीलाई फेसबुकमा गफ दिदै हुन्छौ मिलेसम्म, होटलको कोठामा पुर्याउन पछि पर्दैनौ त्यती नसके प्रेमको नाटक गरी सामाजिक सञ्जालमै नङ्ग्याउछौ अनि एउटी नारी आफ्नो ब्याग कसैलाई छुन दिन्न बदलामा तिमी कारण खोजी रहन्छौ जवाफ स्वरुप थोरै झर्किन्छे वा मन्द हाँसो हाँसिदिन्छे किनकि यो हाम्रो बाध्यता हो ब्यागमा बोकेको प्याड देख्दा तिमीले फिस्स हासेको हेर्नु छैन…