कला–साहित्य

बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना
निकासखबर संवाददाता

काठमाडौँ, २७ माघ । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि शनिवार उनलाई कोलकत्तास्थित एक निजी अस्पतालमा आपतकालिन इकाइमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । यद्यपि उनलाई के भएको हो भनेर अस्पतालले कुनै जानकारी गराएको छैन । ७३ वर्षीय चक्रवर्तीको स्वास्थ्यस्थितिबारे परिवारले पनि कुनै प्रतिक्रिया दिएको छैन । अभिनेता अस्पतालमा भर्ना भएको खबर आएदेखि नै उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हालै मिथुन चक्रवर्तीलाई सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो।  

गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । काठमाडौंको चाविहिलस्थित गोपीकृष्ण सिनेमा हल यही फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । २८ वर्ष पुरानाे यस हल बन्द गर्ने निर्णय गरिएकाे प्रबन्ध निर्देशक नीरक पौडेलले जनाए चलचित्रकर्मी, हाल राप्रपा नेता उद्धव पौडेलको अगुवाइमा यो हल २०५२ सालमा स्थापना भएको थियो । पौडेलले यसलाई सिनेमाको निर्माण, प्रदर्शन र वितरण गरी तीनै विधामा गनेचुनेको व्यवसायिक घरानाका रूपमा स्थापित गरेका थिए । कोरोनाकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नुपरेको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीका कारण…

१२ वर्षकाे सम्बन्ध टुंगियाे अभिनेत्री इशा देओलकाे, गरिन् डिभोर्स
निकासखबर संवाददाता

एजेन्सी, २४ माघ । बलिउड अभिनेत्री इशा देओलले श्रीमान् भरत तख्तानीसँग डिभोर्स गरेकी छिन् । लामो समयदेखि अलग बस्दै आएको यो जोडी अन्नतः डिबोर्स गरेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले विवाहको १२ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । केही समयअघि उनीहरूको सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो । मंगलबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले छुट्टिएको घोषणा गरेका हुन् । इशा धर्मेन्द्र र हेमा मालिनीकी छोरी हुन् । इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरी राध्या र मियारा छन्।

गायक राजु परियारलाइ झलकमान लोक–संगीतले सम्मान गरिने
निकासखबर संवाददाता

काठमाडौं, १४ माघ । लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । बिन्ध्यवासिनी फाउण्डेसनको दशौं वार्षिक भेलाले गायक परियारलाई नगद २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गर्ने भएको हो । शनिवार मुक्तिनाथ विकास बैंकको प्रस्तुति, रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०८० मा सम्मानित हुने श्रष्टा तथा पत्रकारको नाम अनुमोदन गरेको छ । बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०८० बाट नगद एक लाख रुपैयाँ राशिसहित अग्रज गायिका मिरा राणालाई सम्मान गर्ने निर्णय भएको छ । त्यस्तै, बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको…

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौंमा
काठमाडौं, ९ असोज २०८० ।

काठमाडौं उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इ वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन् । चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसकेका कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । जात्राको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ…