गायक राजु परियारलाइ झलकमान लोक–संगीतले सम्मान गरिने

निकासखबर संवाददाता

काठमाडौं, १४ माघ । लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । बिन्ध्यवासिनी फाउण्डेसनको दशौं वार्षिक भेलाले गायक परियारलाई नगद २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गर्ने भएको हो ।

शनिवार मुक्तिनाथ विकास बैंकको प्रस्तुति, रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०८० मा सम्मानित हुने श्रष्टा तथा पत्रकारको नाम अनुमोदन गरेको छ । बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०८० बाट नगद एक लाख रुपैयाँ राशिसहित अग्रज गायिका मिरा राणालाई सम्मान गर्ने निर्णय भएको छ ।

त्यस्तै, बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ भने बिन्ध्यवासिनी २५ हजार रुपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ ।

बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा स्थापित प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ । बिन्ध्यवासिनी म्युजिक अवार्डको १४औं संस्करण आगामी चैत १ गते सम्पन्न गर्ने निर्णय भएको फाउण्डेसनले जनाएको छ ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित