कला–साहित्य
तीजको दिन पशुपतिमा ५ लाखले गरे दर्शन, १५ वर्षपछि पूर्वी ढोका खुल्दा दर्शनमा सहज
निकासखबर संवाददातानेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् । बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । पशुपति क्षेत्रमै आउने भक्तजन भने अझै बढी थिए । आएका धेरै भक्तजनले भने लाम बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका छन् । बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनले सुनाए । भाद्र शुक्ल तृतीयका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन् । पर्वका अवसरमा आज…
विष्णु माझीको तीज गीत ‘बलमा’
काठमाडौं, २० भदौ २०८० ।नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै छ । तीज आउन १० दिनमात्रै बाँकी रहँदा तीजका गीतहरु बजारमा सार्वजनिक भईरहका छ्न । यसैक्रममा मीठो स्वरकी धनी विष्णु माझीको गीत बुधबार सार्वजानिक भएको छ । माझीको गीत विना तीज खल्लो लाग्न सक्छ । धेरै महिला दिदी बहिनी साथै दर्शक श्रोता उनको गीतको पर्खाइमा हुन्छन् । यसपाली पनि उनको स्वर समावेश तीज गीत बलमा (पुतलीको भट्टी १९) बुधबार साँझ युट्युबमा सार्वजनिक भएको छ । सुन्दरमणि अधिकारीको शब्द र संगित रहेको यस गीत सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने
काठमाडौं, १५ भदौ २०८० ।अभिनेता राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने भएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका बीच शो घोषणा गरिएको हो । कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ इ–स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर गर्न लागेको हो । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका मुद्दालाई शो मा मुख्य विषयवस्तु बनाइनेछ । शो मा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शो लाई शैलेश कँडेलले निर्देशन गर्नेछन भने जजको भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहनेछन । कार्यक्रममा तीन दशक लामो अभिनय यात्रामा कैंयन पटक किसानको भूमिकामा देखिएको बताएका हमालले अब…
जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधी दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, ६ भदौ २०८० ।प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गरिने निर्णय सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । दुई दशकभन्दा बढी समय सांगीतिक क्षेत्रमा खर्चेका उनले सयौं जनवादी गीत गाएका छन् । गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको थियो ।
जनक ताम्राकारकाे नयाँ गीत ‘पियार’ सार्वजानीक
निकासखबर संवाददाताकाठमाडौं । गायक तथा सञ्चारकर्मी जनक ताम्राकार र गायिका निखिता थापाको युगाल गायनमा रहेको ‘पियार’ बोलको गीतको अफिसिएल म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो। प्रेमिल शैलीको यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा युवतीको सुन्दरता र प्रेमको बयान गरिएको छ । म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको मुख्य भूमिका रहेको छ । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ। उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्…