जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधी दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, ६ भदौ २०८० ।

प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गरिने निर्णय सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

दुई दशकभन्दा बढी समय सांगीतिक क्षेत्रमा खर्चेका उनले सयौं जनवादी गीत गाएका छन् ।

गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको थियो ।

 

 

मा प्रकाशित