कला–साहित्य

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
निकासखबर संवाददाता

पाल्पा । मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुग्छन् थापा । पाल्पाको रामपुर नगरपालिका–२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन् । गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उहाँकै नेतृत्वमा देखाइन्छ । “युवापुस्ता मारुनीमा रहर गर्दैन, अधिकांश पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्”, थापाले भने, “केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।” मारुनी गाउने र नाच्ने भनेपछि उहाँ औधी खुसी हुनुहुन्छ । पहिला अहिलेजसो मारुनी नाच्नेका लागि…

रंगमा रमाए पाेखरा पुगेका पर्यटक
निकासखबर संवाददाता

पोखरा । नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि लेकसाइड पर्यटकको केन्द्र । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा रमाएका छन् । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए । होलीको रङसँगै रमाइरहेका जर्मन…

मिथिलामा वासन्ती छठपर्व मनाइँदै
निकासखबर संवाददाता

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज मङ्गलबार सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन…

तिम्रा चेलीबेटीले पनि पैसाकै लागि शरीर बेच्छन्?
निकासखबर संवाददाता

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गायक प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियोबारे विभिन्न टिकाटिप्पणी भैरेहका छन् । कसैले प्रंशसा गरिरहेका छन्, भने कसैले विरोध। प्रशंसा र विरोधले सामाजिक सञ्जाल तातेको छ। तर, स्वयं, प्रकाश सपुतले भने यस बारेमा मुख खोेलको छैनन् । यसैबीच जनयुद्धमा लामो सय विताएर लगभग सर्वश्व गुमाएकी एक पूर्व छापामारले प्रकाश सपुतलाई प्रश्नको कठघरामा उभ्याएकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै एक संगीन प्रश्न गरेकी छिन्, ‘प्रकाश सपुत भन्ने कलाकार अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट उदाएका गायक हुन रे । के उनका चेलिबेटीहरुले पनि पैसा कमाउनका लागि देहव्यापार गरे होलान् त ? उनी कलाकार हुन्, कल्पना…

‘बुलाकी’मा सुरक्षाको कर्णाली लुक्स
निकासखबर संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’ को पहिलो मुहार सार्वजनिक भएको छ । पहिलो मुहारमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फस्टलुकमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा देखाइएको छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व। मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ । छत्रेश्वरी मेनेजमेन्टको…