कला–साहित्य

प्रा.डा. जयराज आचार्य र चेतनाथ धमला युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुँदै
निकासखबर संवाददाता

काठमाडाैं । युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा. जयराज आचार्य र “युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार” चेतनाथ धमलालाई प्रदान गरिने भएकाे छ । नेपाली साहित्यका अमर स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी देशको विद्यमान विकृति,विसङ्गति र बेथितिलाई चिर्दै नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार- २०८०’  प्रा.डा. आचार्यलाई प्रदान गर्ने भएकाे हाे । यसै गरी  “युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार-२०८०” बाट लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका चेतनाथ धमलालाई प्रदान गरीनेभएकाे छ  । युगकविले युवा अवस्थामा प्रारम्भ गरेको पत्रकारितालाई स्मरण गरी प्रतिष्ठानले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । युगकवि श्रेष्ठ निरङ्कुश…

सलमान लुंगी लगाएर नाचेपछि रिसाए उनका साउथ फ्यानहरू
निकासखबर संवाददाता

काठमाडौं । सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को नयाँ गीत यन्तम्मा चर्चामा छ। जसमा अभिनेता पारम्परिक तेलुगु पहिरनमा देखिएका थिए। गीतमा सलमान खान लुंगी जस्तो भेस्ट उठाएर नाचिरहेको देखिएका छन्। जसका कारण साउथका फ्यानहरु आक्रोशित भएका छन्। प्रयोगकर्ताहरूले यो उनीहरूको परम्परागत पोशाकको अपमान भएको बताएका छन्। सलमान खान चाँडै नै आफ्नो फिल्म ‘किसी का भाई किसकी जान’ लिएर आउँदैछन्। यो चलचित्रको ट्रेलर छिट्टै रिलिज हुँदैछ। यसैबीच निर्माताले गीत सार्वजनिक गरेर दर्शकको जोश र उत्साह बढाइरहेका छन्।

थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु
निकासखबर संवाददाता

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट सुरु भएको छ ।  महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पूजा जिल्लाभित्र रहेका ११ वटादेवी थानमा पूजा गरेपछि पूजा सम्पन्न हुने कुवाँरवर्तीमाई गुठीका अध्यक्ष विकाराम चौधरीले जानकारी दिए । मङ्गलबार देवचुलीको रजहरमा रहेका टिकेत (मुख्य पुजारी) भवानी गुरौको घरबाट यात्रा सुरु गरेर मुख्य पूजारीसहितको टोली शिरथान माईको पूजा गर्न चैते पूर्णिमाको दिन यही कात्तिक २३ गते देवचुली पर्वतको चुलीमा पुग्ने गुठीका अध्यक्ष चौधरीले जानकारी दिए । चुलीमा पुग्न भन्दा अघिल्लो दिन मुख्य…

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
निकासखबर संवाददाता

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन । ‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारे । चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उहाँले त्यो भूमिका गरेनन् । “दर्शकले विश्वास गर्नुहुन्न की…

‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला
निकासखबर संवाददाता

काठमाडौैं । बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० विधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेदि चैत ११ गतेसम्म फारम खुल्ला रहनेछ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com मा क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ । अवार्डमा २०७७ चैत २५ गतेदेखि २०७९ चैत ११ गतेसम्म भित्रका…